२०७६ असोज ३ गतेको कार्यक्रमहरुः  नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने  शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने ।  विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने ।  नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः  जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने ।  जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने २०७६ असोज २ गतेको कार्यक्रमहरूः  जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने ।  आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने ।  कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने ।  लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने मूल नाराका साथ यहि मिति २०७६ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला समारोह समिति उदयपुरबाट तय भएका कार्यक्रमहरू

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar