२०७६ असोज ३ गतेको कार्यक्रमहरुः नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने । विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने । नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने । जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने