२०७६ असोज २ गतेको कार्यक्रमहरूः जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने । आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने । कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने । लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने ।