पदाधिकारी

गौर बहादुर बिश्वकर्मा 

जिल्ला समन्वय समिति प्रमुख

पढ्नुहोस..

तेज प्रसाद गिरी

जिल्ला समन्वय समिति उपप्रमुख

पढ्नुहोस..

तोयानाथ ढकाल graphic

तोयानाथ ढकाल

नायव सुब्बा

पढ्नुहोस..

संक्षिप्त परिचय

महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ । भू–बनोटको आधारमा पहाड, बेशी, टार र तराई समेतको भू–भाग ओगट्ने यो जिल्ला क्षेत्रफलको हिसावले नेपालको २० औं, पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ । यो जिल्लाको सिमानामा उत्तरमा मुख्यतः भोजपुर तथा खोटाङ र वखलढुङ्गाको केही भाग, पश्चिममा मुख्यतः सिन्धुली र धनुषाको केही भाग, दक्षिणमा सिर।हा र सप्तरी जिल्ला एवं पूर्वमा मुख्यतः सुनसरी र धनकुटा जिल्लाको केही भाग रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत श्रृङ्खला अन्तरगत धारिला विकट डाँडाहरु छरिएका र पातलिएका बस्तीहरु छन् भने महाभारत फेदीदेखि चुरे श्रृङ्खला विचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ । त्रियुगा नदीको किनारमा चुरे र महाभारततर्फको विचमा रहेका भित्री मधेसका फाँटहरु मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यका नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्सेमा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाइसम्म रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ३ लाख १७ हजार ५३२ जना जनसङ्ख्या भएको यस जिल्लामा २ संसदीय निर्वाचन क्षेत्र, ४ नगरपालिका, ४ गाउँपालिका रहेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar