२०७६ असोज ३ गतेको कार्यक्रमहरुः  नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने  शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने ।  विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने ।  नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः  जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने ।  जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने २०७६ असोज २ गतेको कार्यक्रमहरूः  जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने ।  आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने ।  कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने ।  लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने मूल नाराका साथ यहि मिति २०७६ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला समारोह समिति उदयपुरबाट तय भएका कार्यक्रमहरू

स्थानीय तहको नयाँ संरचना अनुसार उदयपुर जिल्ला

Skip to toolbar